घट्यो सुनको मूल्य

काठमाण्डु टुडे २०७८ साउन २५ गते ११:३४ मा प्रकाशित

काठमाण्डु, २५ साउन– साताको दोस्रो दिन नेपाली बजारमा सुनचाँदीको मूल्य थप घटेको छ । आइतबार एकैदिन प्रतितोला १ हजार ५०० रुपैयाँले घटेर ९० हजार रुपैयाँमा झरेको सुनको मूल्य सोमबार थप एक हजार रुपैयाँले सस्तिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ८९ हजार रुपैयाँमा झरेको हो ।

यस्तै, चाँदीको मूल्य समेत आइतबारको मूल्यमा थप २५ रुपैयाँले घट्दै आज प्रतितोला एक हजार २१५ रुपैयाँ कायम भएको छ । आइतबार बजारमा चाँदी प्रतितोला एक हजार २४० रुपैयाँमा कारोबार भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us