पर्यटन विभागले भन्योः आधार शिविरका २० टेन्ट हावाले उडायो

२०७६ वैशाख २० गते १५:५१

काठमाण्डु, २० वैशाख – पर्यटन विभागले सगरमाथा आरोहणमा गएका आरोहीको अवस्था सामान्य रहेको जनाएको छ । विभागले आधार शिविर २ र ३ मा रहेका करिब २० टेन्ट हावाले उडाएको खबर आएको जनाउँदै कुनै मानवीय क्षति भने नभएको स्पष्ट पारेको छ । भारतमा आएको फानी...

संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय भएनः मुख्यमन्त्री शाही

२०७६ वैशाख २० गते १५:३२

काठमाण्डु, २० वैशाख – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले अबको ६ महिनाभित्र कर्णालीको विकासको लागि गुरुयोजना तयार पारिसक्ने स्पष्ट पारेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मुख्यमन्त्री शाहीले पहिलो वर्ष तयारीमै बितेको स्पष्ट पारे । उनले भने, ‘हाम्रो पहिलो...

घोराहीमा कैदीबीच ‘ग्याङ फाइट’

२०७६ वैशाख २० गते १५:२४

दाङ, २० वैशाख – घोराहीमा रहेको कारागारमा कैदी बन्दीबीच ग्याङ फाइट हुँदा ५ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको टाउकोमा चोट लागेको । कुटाकुटका क्रममा एकजनाको हात भाँचिएको कारागार शाखाले जनाएको छ । शुक्रबार दिउँसो २ बजेतिर झडप भएको थियो । घाइते...

ओलीबाट प्रेसलाई खतराः शेखर कोइराला

२०७६ वैशाख २० गते १५:२१

काभ्रे, २० वैशाख – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रेसलाई खतरा रहेको बताएका छन् । प्रेस युनियन काभ्रेको छैठौं अधिवेशनमा नेता कोइरालाले प्रेसमाथि अधिनायकवादको खतरा बढ्दै गएको बताउँदै प्रेस स्वतन्त्रतामाथि विश्वभर खतरा रहेको...

सन्दीपको दिल्लीलाई झट्का, रबाडा खेलबाट निस्किए

२०७६ वैशाख २० गते १५:१३

एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएलमा नेपाली बलर सन्दीप लामिछाने रहेको टिम दिल्लीलाई प्रतियोगिताको अन्त्यतिर झट्का लागेको छ । उसका मुख्य बलर कागिसो रबाडा चोटका कारण सिजनका बाँकी खेल खेल्न नपाउने भएका छन् । लिगको प्लेअफमा पुगिसकेको दिल्लीका तीव्र गतिका बलर रबाडालाई विश्वकपको तयारीका...

नेपालको जलविद्युतमा बङ्गलादेशको निजी क्षेत्रले लगानी गर्ने

२०७६ वैशाख २० गते १४:५३

काठमाण्डु, २० वैशाख – नेपालका ऊर्जा उद्यमीसँग मिलेर बङ्गलादेशका निजी क्षेत्र ऊर्जा क्षेत्रमा लगानीका लागि तयार भएका छन् । सन् २०४० सम्म बङ्गलादेशले नेपालबाट नौ हजार मेगावाट विद्युत् आयात गर्ने विषयलाई नीतिगतरुपमा नै समावेश गरेकाले निजी क्षेत्र पनि त्यसमा होस्टेमा हैंसे गर्न तयार देखिएको...

छोरी जन्माएकी न्यूजिल्याण्डकी प्रधानमन्त्रीको ‘इंगेजमेन्ट’

२०७६ वैशाख २० गते १४:४०

एजेन्सी । न्यूजिल्याण्डकी प्रधानमन्त्री जयासिन्डा आर्डर्नले इंगेजमेन्ट गरेकी छन् । लामो समयदेखि प्रेमी रहँदै आएका कार्ल्क गेफोर्डसँग उनले इंगेजमेन्ट गरेकी हुन् । शुक्रबार एक समारोहमा प्रधानमन्त्री आर्डर्नको औंलामा हिराको औंठी देखेपछि धेरैले चासो राखेका थिए । यो चासो पुष्टि गर्दै आर्डर्नका प्रवक्ताले उनीहरूको इस्टर...

फानीको प्रभावः हेटौंडामा चट्याङ लागेर एक जनाको ज्यान गयो

२०७६ वैशाख २० गते १४:२८

हेटौंडा, २० वैशाख – चट्याङ लागेर शुक्रबार कमकवानपुरमा एकजनाको ज्यान गएको छ । एकजना घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । भारतबाट आएको शक्तिशाली चक्रवात फानी को प्रभाव नेपालमा देखिएको छ । चट्याङ लागेर मकवानपुरगढी गाउँपालिका–५ देउरालीकी २७ वर्षीय फूलमाया पाख्रिनको मृत्यु भएको मकवानपुर...

राजपासँग पार्टी एकता नगर्ने उपेन्द्रको खुलासा

२०७६ वैशाख २० गते १४:१३

विराटनगर, २० वैशाख – संघीय समाजवादी फोरमका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले नयाँ शक्तिबाहेक अन्य पार्टीसँग एकता हुने हल्लामात्र भएको बताएका छन् । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)सहित अन्य चार पार्टीसँग एकता हुने भन्ने हल्ला मात्र भएको उनले बताए । विराटनगरमा शुक्रबार पत्रकारहरुसँग कुरा...

नेकपालाई क्यान्सरको भाइरसले कच्याककुचुक पारिदियाेः घनश्याम भुसाल

२०७६ वैशाख २० गते १४:१०

काठमाण्डु, २० वैशाख – नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीको अवस्था कम्पनी र क्लबको भन्दा दयनीय भएको बताएका छन् । काठमाण्डुमा पत्रकारहरुसँगको एक अन्तरक्रियामा बोल्दै नेता भुसालले सिद्धान्त र व्यवहारबीच पार्टीमा इतिहासमै धेरै विरोधाभाष देखिएको बताए । ‘नेकपा क्लब भन्दा कमजोर...

काठमाण्डुमा चोरको बिगबिगी, दिउँसै लुटियो सुन र पैसा

२०७६ वैशाख २० गते १४:०३

काठमाण्डु, २० बैशाख – सरकारले शान्ति सुरक्षाको अवस्था राम्रो रहेको दाबी गरिरँदा काठमाण्डुमा दिउँसै लुटपाटका घटना बढेका छन् । बिहीबार दिउँसो स्वयम्भू ठूलो भर्‍याङमा एक युवकको १५ लाख रुपैयाँ लुटिएको छ । बानेश्वर शान्तिनगरमा आरजु ज्वेलर्स संचालन गर्ने खोटाङ दिक्तेलका ४० वर्षीय मनकुमार विक...

कर्मचारीका गुनासो वैशाखभित्रै सम्बोधन हुने

२०७६ वैशाख २० गते १३:५८

काठमाण्डु, २० बैशाख – सरकारले समायोजनमा गएका कर्मचारीहरुको सबै गुनासो वैशाखभित्र सम्बोधन गर्ने तयारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सकेसम्म समायोजनमा गएका सबै कर्मचारीहरुको गुनासो यही वैशाख महिनाभित्र सम्बोधन गर्ने तयारीका साथ काम भैरहेको बताएका हुन् । शुक्रबार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us