भारतमा बस दुर्घटना हुँदा ४५ जनाकाे मृत्यु

२०७६ असार ६ गते १२:३४

एजेन्सी – भारतको हिमाञ्चल प्रदेशमा यात्रुवाहक बस दुर्घटना हुँदा ४५ जनाले ज्यान गुमाएका छन्, भने अन्य १५ जना घाइते भएका छन्। मृत्यु हुनेमा महिला तथा बालबालिका समेत रहेका छन्। बिहीबार हिमाञ्चल प्रदेशस्थित कुल्लु जिल्लामा ६० जना सवार बस दुर्घटनामा परेको हो। उक्त बस पहाडको...

योगेशले भनेः हामी प्रचण्ड र ओलीलाई मिलाउँछौं

२०७६ असार ६ गते १२:३१

काठमाण्डु, ६ असार– सत्तारुढ नेकपाका युवा नेता योगेश भट्टराईले पार्टी नेतृत्वमा पछिल्लो समय देखिएको असमझदारीप्रति संकेत गर्दै चिन्ता व्यक्त गरेका छन् । हृदयघातबाट निधन भएका केन्द्रीय सदस्य धनीराम पौडेलको स्मृतिसभामा अनेरास्ववियूले शुक्रबार राजधानीमा गरेको कार्यक्रमा भट्टराईले सबै मिलेर पार्टीलाई एकताबद्ध बनाउनुपर्ने बताए । उनले...

राजनीतिक प्रतिवेदन सार्वजनिक गर्न ओली-प्रचण्ड छलफलमा

२०७६ असार ६ गते १२:२०

कठमाण्डु, ६ असार – पार्टी र सरकार सञ्चालनमा देखिएको मतेभद समाधानको उपाय खोज्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष छलफलमा जुटेका छन् । बिहान ११ बाजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरू छलफल भोलि बस्ने सचिवालय बैठकको एजेण्डा बनाउन केन्द्रीत छ। पार्टी र सरकार...

शुक्रबार इतिहासकै उच्च सुनको भाउ

२०७६ असार ६ गते १२:०७

काठमाण्डु, ६ जेठ – नेपाली बजारमा सुनको भाउ इतिहासकै उच्च बिन्दुमा पुगेको छ । शुक्रबार नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला ६५ हजार रुपैयाँ पुगेको हो । बिहीबार प्रतितोला ६४ निधारण भएको सुनको मूल्य १ हजारले बढेर प्रतितोला ६५ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी...

यस वर्षकै लामाे दिन आज, भोलिदेखि दिन छोटो र रात लामो हुने

२०७६ असार ६ गते ११:५५

काठमाण्डु, ६ असार– आज जून २१ तारिख अर्थात शुक्रबार वर्षकै लामो दिन मानिन्छ । सामान्यतयास् आजको दिन पृथ्वीको उत्तरी गोलाद्र्धमा दिन लामो हुने गर्छ । नेपालमा सूर्योदय र सूर्यास्तबीचको समयअनुसार आजको दिन झण्डै १४ घण्टाको हुनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार काठमाण्डौमा ५...

मध्यरातमा लुटेराद्वारा युवतीको विभत्स हत्या

२०७६ असार ६ गते ११:३६

गौशाला, ६ असार – महोत्तरीको गौशाला नगरपालिका–१० भरतपुरमा एक युवतीको मध्यराति विभत्स हत्या गरिएको छ । गौशाला–१० भरतपुरका विष्णुकुमार श्रेष्ठकी छोरी २७ वर्षीया छोरी अञ्जुकुमारी श्रेष्ठको घरैमा हत्या भएको हो । महोत्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार राति अन्दाजी १ बजेतिर ८/१० जनाको...

विप्लव कार्यकर्ताको रिहाइ माग गर्दै ११ जिल्लाका शैक्षिक संस्था बन्द

२०७६ असार ६ गते ११:२२

काठमाण्डु, ६ असार- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका तीनसहित ११ जिल्लाका शैक्षिक संस्था प्रभावित भएका छन् । विप्लव निकट स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) क्रान्तिकारीले आह्वान गरेको शैक्षिक हड्तालका कारण शुक्रबार११ जिल्लाका शैक्षिक संस्था बन्द हुँदा लाखौँ विद्यार्थी प्रभावित...

सुजाता तामाङका हत्या आरोपी पक्राउ

२०७६ असार ६ गते १०:५२

पाँचथर, ६ असार– पाँचथरमा हत्या गरिएकी इलामकी युवती सुजाता तामाङका हत्या आरोपी पक्राउ परेका छन् । पक्राउ पर्नेमा हिलिहाङ गाउँपालिका–६ का १९ वर्षीय घनेन्द्र लावती रहेको प्रहरीले जनाएको छ । गोपेटारस्थित एनएमबी माइक्रोफाइनान्समा कार्यरत इलाम २० वर्षीया तामाङको ३ असारमा गते धारिलो हतियार प्रयोग...

ओली–प्रचण्ड विवादको असरः नेकपा बैठक अचानक स्थगित

२०७६ असार ६ गते १०:४१

काठमाण्डु, ६ असार– नेपाल कम्युनिष्ट पार्टी नेकपाको शुक्रबार (आज) का लागि तोकिएको सचिवालय बैठक स्थगित भएको छ । नेताहरुको कार्यविभाजन, सरकारको समीक्षा र तल्लका कमिटीहरुको पूर्णतालगायत विषयमा छलफल गर्न सचिवालय बैठक बोलाइएको थियो । गृहकार्य नपुगेको भन्दै बैठक स्थगनको जानकारी आएको एक नेताले जानकारी...

रसुवागढीको सुरुङमा थुनिएका ११ नेपाली र ६ चिनियाँको सकुशल उद्धार

२०७६ असार ६ गते १०:१६

रसुवा, ६ असार–रसुवागढी जलविद्युत आयोजनाको निर्माणाधीन सुरुङमा पहिरो जाँदा थुनिएका सबै १७ मजदुरको सकुशल उद्धार गरिएको छ । नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, मजदुर र स्थानीयले उनीहरुको उद्धार गरेका हुन् । बिहीबार राति सुरुङ निर्माण स्थलमा पहिरो गएपछि ११ नेपाली र ६ चिनियाँ कामदार...

चिसियो ओली–प्रचण्ड सम्बन्ध, नेकपामा भूइँचालोको संकेत

२०७६ असार ६ गते ७:३४

काठमाण्डु, ६ असार– नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको एक वर्ष बित्दानबित्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सरकार र पार्टी सञ्चालनका विषयमा तीव्र मतभेद देखिएको छ । दुई पार्टी एकीकरण हुँदा ‘जेट विमानका दुई पाइलट’...

विप्लव समूहप्रति सरकारको रबैयाः गिरफ्तार गरेर हत्या, मुठभेडमा मारिएको प्रचार !

२०७६ असार ६ गते ७:२८

काठमाण्डु, ६ असार– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही इन्चार्ज कुमार पौडेल मुठभेडमा मारिएको प्रहरीको दाबी छ । सर्लाहीको लालबन्दी नगरपालिका–१ लखन्ती खोलामा बिहीबार दिउँसो मुठभेड भएको प्रहरीको भनाइ छ । राष्ट्रसेवक प्रहरीलाई सामान्य पनि क्षति नपुग्नु सुखद खबर हो । तर,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us