सुजाता तामाङका हत्या आरोपी पक्राउ

काठमाण्डु टुडे २०७६ असार ६ गते १०:५२ मा प्रकाशित

पाँचथर, ६ असार– पाँचथरमा हत्या गरिएकी इलामकी युवती सुजाता तामाङका हत्या आरोपी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हिलिहाङ गाउँपालिका–६ का १९ वर्षीय घनेन्द्र लावती रहेको प्रहरीले जनाएको छ । गोपेटारस्थित एनएमबी माइक्रोफाइनान्समा कार्यरत इलाम २० वर्षीया तामाङको ३ असारमा गते धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । पाँचथर प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवरले सुजाताको साथबाट लुटेको ८१ हजार ७० रुपैयाँ र हत्यामा प्रयोग भएको खुकुरीसहित लावतीलाई बिहीबार राति हिलीहाङ गाउँपालिका –५ बाट पक्राउ गरिएको जानकारी दिए । कुँवरका अनुसार लावतीले पैसाको लोभमा युवतीको हत्या गरेको साविती बयान दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us