गभर्नरको मुद्दा पनि ‘हेर्न नभ्याइने’मा

२०८२ वैशाख ८ गते १४:४१

काठमाण्डू, ८ वैशाख– गभर्नर नियुक्तिसम्बन्धी मापदण्डको संशोधन कार्यान्वयन गर्न नहुने माग राखी सर्वोच्च अदालतमा दायर रिट निवेदन आज (सोमबार) पनि हेर्न नभ्याइने मा परेको छ । न्यायाधीश महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासमा परेको मुद्दा ‘हेर्न नभ्याइने’ भएका कारण सुनुवाइ हुन नसकेको हो...

शिक्षकहरूको आन्दोलनमा घुसपैठ गरेको भन्दै एक जना प्रहरीको नियन्त्रणमा

२०८२ वैशाख ८ गते १४:२२

काठमाण्डू, ८ वैशाख– शिक्षकहरूको आन्दोलनमा घुसपैठ गरेको भन्दै एक जनालाई पक्राउ परेका छन । माइतीघर मण्डलादेखि बानेश्वरसम्मको सडक खण्डमा आज बिहान विरोध प्रदर्शन गर्दै गर्दा एक जना शिक्षकहरूका विरुद्धमा नाराबाजी गर्दै हिँडेका थिए । त्यहीबेला शिक्षकहरूले ती व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन्...

टिकटकमा पेस्तोल देखाएर भिडियो बनाउने युवक पक्राउ

२०८२ वैशाख ८ गते १३:२०

काठमाण्डू, ८ वैशाख– प्रहरीले टिकटक एकाउन्टमा पेस्तोल देखाएर भिडियो बनाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ महादेव बस्ने २१ वर्षीय रघुबिन्द यादव रहेको प्रहरीले जनाएको छ । यादवले यही वैशाख ६ गते करिब साढे ६ बजे पेस्तोल देखाएको...

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट ‘हेर्न नमिल्ने’

२०८२ वैशाख ८ गते १३:०८

काठमाण्डू, ८ वैशाख– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षकरण रिट ‘हेर्न नमिल्ने’ मा परेको छ । न्यायाधीश हरि फुयाँलको इजलासमा परेको निवेदन हेर्न नमिल्नेमा परेको हो । लामिछानेका तर्फबाट श्रीमती निकिता पौडेलले सर्वोच्चमा आइतबार बन्दी प्रत्यक्षकरणको...

भीम रावलको अभियानमा लागेको भन्दै एमाले सुदूरपश्चिमका नेता कुँवर निष्कासित

२०८२ वैशाख ८ गते १२:२८

 काठमाण्डू, ८ वैशाख– भीम रावललाई साथ दिएको भन्दै एमालेले सूदूरपश्चिम प्रदेशका नेता बालगिरी कुँवरलाई निष्कासन गरेको छ । ‘मातृभूमि जागरण अभियान नेपाल’ पार्टी निर्माण गर्ने भनेर हाल अभियान चलाइरहेका भीम रावललाई साथ दिएको भन्दै एमालेले कुँवरलाई निष्कासन गरेको छ । एमाले सुदूरपश्चिम सचिव रण...

नेपाल ल क्याम्पसमा स्ववियुको मतदान जारी

२०८२ वैशाख ८ गते १२:२२

काठमाण्डू, ८ वैशाख– आज (सोमबार) काठमाण्डूको प्रदर्शनी मार्गमा रहेको नेपाल क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन जारी छ । ०८१ चैत ५ गते हुन नसकेको मतदान आज भएको हो । ‘मतदान जारी छ । शान्तिपूर्ण भइरहेको छ‘, क्याम्पस प्रमुख श्यामबहादुर कार्कीले जानकारी दिएका छन...

शिक्षकहरूको प्रदर्शन आज पनि जारी

२०८२ वैशाख ८ गते १२:१९

काठमाण्डू, ८ वैशाख– विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले आज पनि प्रदर्शन गरेका छन । आज (सोमबार) पनि काठमाण्डूकको माईतीघर–बानेश्वर सडक खण्डमा शिक्षकहरुले प्रदर्शन गरेका हुन् । विद्यालय शिक्षा विधेयक जारी गर्न माग गर्दै विगत १९ दिनदेखि शिक्षकहरु आन्दोलनमा छन ।...

कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

२०८२ वैशाख ८ गते ११:०५

काठमाण्डू, ८ वैशाख– कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा ट्याक्टर चालक मुगु, खत्याड गाउँपालिका–५ कवाका २५ वर्षीय चन्द्र प्रकाश रोकाय, कालीकोट, पलाँता गाउँपालिका–४ का २१ वर्षीय रवीन्द्र विक, सोही स्थानका ३२ वर्षीया सदु बुढा र पलाँता–५ सल्लीकोटकी...

राप्रपा प्रदर्शनः राजेन्द्र लिङ्देनसहित सातै जनालाई छाडियो

२०८२ वैशाख ७ गते १८:१५

काठमाण्डू, ७ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आइतबार प्रदर्शनमा नियन्त्रणमा रहेका सातै जनालाई प्रहरीले छाडेको छ । नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर भद्रकालीमापुर्‍याइएका सातै जनालाई छाडिएको परिसरका एसपी अपील राज बोहराले जानकारी दिएका छन । छुट्नेहरुमा अध्यक्ष लिङ्दनेसहित, ज्ञानेन्द्र शाही, बुद्धिमान तामाङ, अमर परियार,...

धर्मराउँदै ओली–देउवाको सम्बन्ध !

२०८२ वैशाख ७ गते १८:०१

काठमाण्डू, ७ वैशाख– वर्तमान सत्ता घटक प्रमुख दल कांग्रेस र एमाले बीचको सम्बन्ध धर्मराउँदै गाएको छ । पछिल्लो समय प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति सभापति शेरबहादुर देउवाबीचको सम्बन्ध चिसिँदै गएको बताइन्छ । अन्तर्राष्ट्रिय र पार्टीभित्रकै...

जनमत पार्टीका कोषाध्यक्ष यादव सप्तरीबाट पक्राउ, ललितपुर ल्याउने तयारी

२०८२ वैशाख ७ गते १७:४९

काठमाण्डू, ७ वैशाख– प्रहरीले जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्र नारायण यादवलाई पक्राउ गरेको छ । उनलाई सप्तरी प्रहरीले आइतबार राजविराजबाट पक्राउ गरीएको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले जानकारी दिएका छन । खतिवडाले भने, ‘राजविराजबाट पक्राउ परेका हौं । उहाँविरुद्ध ललितपुरबाट पक्राउ पुर्जी जारी भएको रहेछ...

कांग्रेसको कार्यबाहक सभापतिको जिम्मेवारी खड्कालाई

२०८२ वैशाख ७ गते १७:४५

काठमाण्डू, ७ वैशाख– कांग्रेसको कार्यबाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्काले पाएका छन । कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिइएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन । सभापति शेरबहादुर देउवा विदेश गएकाले उनी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us