घनश्याम भुसाल भन्छन्ः चीनको बीआरआई पश्चिमा व्यवस्थाको विकल्प हो

२०७६ असोज ४ गते १५:१२

काठमाण्डु, ४ असोज– नेकपा स्थायी समिति सदस्य एवं पूर्वमन्त्री घनश्याम भुसालले चीनको महत्वाकांक्षी आयोजना ‘बेल्ट एण्ड रोड इनिसिएटीभ’ (बीआरआर्ई) ले विश्वमा नयाँ व्यवस्थाको ढोका खोलेको बताएका छन् । उनले उक्त आयोजना पश्चिमाहरुको शोषणमा आधारित राज्य व्यवस्थाको विकल्पमा समाजवादी र प्रगतिशील राज्य स्थापनाको बाटो भएको...

सभामुख महरा काजकस्तान प्रस्थान

२०७६ असोज ४ गते ११:२९

काठमाण्डु, ४ असोज– सभामुख कृष्णबहादुर महरा शनिबार काजकस्तान प्रस्थान गरेका छन् । कजाकस्तानको अस्तानामा हुने युरेसियन देशका संसदका सभामुखहरुको चौथो बैठकमा सहभागी हुन ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महरा शनिबार त्यसतर्फ प्रस्थान गरेका हुन् । सम्मेलन आगामी २२ देखि २५ सेप्टेम्बरसम्म चल्नेछ । टोलीमा...

‘ब्याई फ्रेण्ड’ सँग मिलेर श्रीमानको हत्या

२०७६ असोज ४ गते ११:२१

परासी, ४ असोज– प्रहरीले पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–३ घोडपालीबाट श्रीमानको हत्या गर्ने श्रीमतीसहित दुई जनालाई पक्राउ गरेको छ । घोडपालीका ४१ वर्षीय रवीन्द्रप्रसाद पाण्डेयको हत्या आरोपमा श्रीमती ३५ वर्षीया सरस्वती पोखरेल र एक पुरुषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पुरुषको नाम गोप्य राखिएको...

नेकपा युवा नेताहरुको राजावादीलाई यस्तो चेतावनी

२०७६ असोज ४ गते ११:१०

तस्बीर सौजन्य:सुरेन्द्र बस्नेत काठमाण्डु, ४ असोज– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा र विद्यार्थी नेताहरुले मुलुकका प्रतिगामी तत्वहरुले टाउको उठाउन खोजेको भन्दै त्यस्तो प्रवृत्तिलाई नछाड्ने चेतावनी दिएका छन् । उनीहरुले प्रतिगामीहरुका विरुद्ध प्रतिकारमा उत्रन देशभरका नेता कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् । संविधान दिवसका...

भूकम्पले हल्लायो

२०७६ असोज ४ गते १०:५१

काठमाण्डु, ४ असोज– शनिबार बिहान गोरखा केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको छ । बिहान ६ बजेर १९ मिनेटमा गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारी केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । बेराबारी ०७२ सालको महाभूकम्पको केन्द्रबिन्दु बारपाक नजिकै हो ।...

यार्सा गुम्बा बेचेर मोटरसाइकल

२०७६ असोज ४ गते ८:०७

काठमाण्डु, ४ असोज– तिब्बतसँग जोडिएको गाउँ । मुलुकको सडक सञ्जालले छोएको छैन । आउजाउ र सामान ओसारपसारका लागि घोडा र याकको भर पर्नुपर्ने ४ हजार मिटरभन्दा बढी उचाइका बस्तीमा हिजोआज घोडोका टापको आवाज कतैकतै मात्र सुनिन्छ । बरु बस्ती थर्किने गरी मोटरसाइकल गुड्छन्, स्पिकरमा...

शान्ति सेना थप्न नेपाल तयार

२०७६ असोज ४ गते ८:०३

काठमाण्डु, ४ असोज– यो साता सुरु भएको राष्ट्रसंघीय महासभाको ७४औं बैठकमा नेपालले ‘आवश्यक परेमा शान्ति सेनाको संख्या बढाउन सक्ने र सन् २०३० भित्रमा तोकिएको सहस्राब्दी लक्ष्य पूरा गर्न स्रोत/लगानी अपुग रहेका’ भन्दै यसका लागि अन्तर्राष्ट्रिय समुदायको सहयोग–समन्वयको अपेक्षा गर्ने भएको छ । ‘राष्ट्रयसंघीय शान्ति...

प्रहरीमा ३६ सयका लागि नयाँ जागिर

२०७६ असोज ४ गते ७:५८

काठमाण्डु, ४ असोज– गृह मन्त्रालयले नेपाल प्रहरीमा ३ हजार ६०० दरबन्दी थप्न सिफारिस गरेको छ । तीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र दुई उपरीक्षक (एसपी) सहित ३ हजार ५९६ दरबन्दी थप्न प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषदमा पेश गरिएको छ । नेपाल प्रहरी र प्रदेश प्रहरीसम्बन्धी...

चिनियाँ राष्ट्रपति नेपाल आउने निश्चित, होटल समेत तयार

२०७६ असोज ४ गते ७:५२

काठमाण्डु, ४ असोज– चिनियाँ राष्ट्रपति सी चिनफिङ असोज अन्तिम साता नेपाल भ्रमणमा आउने भएका छन् । उनको भ्रमण तालिका छिट्टै सर्वाजनिक हुने परराष्ट्र मन्त्रालय उच्च स्रोतले बतायो ।  सीको सुरक्षा, हेटल, भेटघाट र स्वागतको तयारी भइरहेको छ । अब दुई मुलुकको समझदारीमा भ्रमण मिति...

दसैंका लागि असोज १० बाट बाँडिने भयो नयाँ नोट

२०७६ असोज ३ गते २२:००

काठमाण्डु, ३ असोज– चाडबाडको समयमा नयाँ नोट प्रयोग गरौँ भन्ने इच्छा सबैको हुन्छ । नयाँ टलक्क परेको नोट लिने दिने प्रचलन विशेष गरी दशैंको अवसरमा बढी हुने गरेको छ । के गाउँ, के शहर सबैतिर नयाँ नोटका बारेमा बढी नै चासो हुने गर्दछ ।...

दसैंको मुखमा सरकारले घटायो ग्यासको मूल्य

२०७६ असोज ३ गते २१:५४

काठमाण्डु, ३ असोज– नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको छ । नेपालीहरुको मुख्य चाडपर्व नजिकिँदै गएका बेला संविधान दिवसको अवसर पारेर निगमले ग्यासको मूल्य घटाएको हो । निगम प्रवक्ता वीरेन्द्र गोइतले चाडपर्वलाई लक्षित गरी प्रतिसिलिण्डर २५ रुपैयाँका दरले मूल्य घटाइएको जानकारी...

संविधान दिवसको अवरमा सशस्त्र प्रहरीतर्फ को —को हुँदैछन् विभुषित ? (नामावलीसहित)

२०७६ असोज ३ गते १७:१२

काठमाण्डु , ३ असोज – चौथो संविधान दिवस विविध कार्यक्रमसाथ देशैभर मनाइँदै छ । सरकारले संविधान दिवसको अवसरमा हरेक घर घरमा राष्ट्रिय झण्डा फहराउँदै दिपावली मनाउन आग्रह गरेको छ । नेपालमा भएका सम्पूर्ण क्रान्ति र आन्दोलनका उपलब्धिलाई संस्थागत गर्दै ‘नेपालको संविधान’ जारी भएको ऐतिहासिक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us