
काठमाण्डु, ४ असोज– सभामुख कृष्णबहादुर महरा शनिबार काजकस्तान प्रस्थान गरेका छन् ।
कजाकस्तानको अस्तानामा हुने युरेसियन देशका संसदका सभामुखहरुको चौथो बैठकमा सहभागी हुन ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महरा शनिबार त्यसतर्फ प्रस्थान गरेका हुन् । सम्मेलन आगामी
२२ देखि २५ सेप्टेम्बरसम्म चल्नेछ । टोलीमा राष्ट्रिय प्रतिनिधिसभा सदस्य मानबहादुर विक, राधा ज्ञवाली र अमृतादेवी अग्रहरिलगायत छन् ।
बैठकलाई सभामुख महराले सम्बोधन गर्ने कार्यक्रम रहेको उनका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिए ।