काठमाण्डु, ३ असोज– नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको छ ।
नेपालीहरुको मुख्य चाडपर्व नजिकिँदै गएका बेला संविधान दिवसको अवसर पारेर निगमले ग्यासको मूल्य घटाएको हो । निगम प्रवक्ता वीरेन्द्र गोइतले चाडपर्वलाई लक्षित गरी प्रतिसिलिण्डर २५ रुपैयाँका दरले मूल्य घटाइएको जानकारी दिए । यो सँगै उपभोक्ताले ग्यास अब प्रतिसिन्डिर १ हजार ३ सय ५० रुपैयाँमा पाउनेछन् ।
यस्तै निगमले हवाई इन्धनको मूल्यसमेत घटाएको छ । तर, यो अन्तर्राष्ट्रिय उडान भर्ने जहाजका लागि मात्र हो । हवाई इन्धनको मूल्य प्रति किलोलिटर ५० अमेरिकी डलरका दरले घटेको छ ।