प्रचण्डलक्षित सूर्य थापाको टिप्पणीः ‘सरकार ढल्ने वक्तव्यबाजीले ध्वनि प्रदूषण मात्रै बढ्यो’

२०८२ वैशाख २२ गते १८:०७

काठमाण्डू, २२ वैशाख– एमाले सांसद सूर्य थापाले पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै आजै सरकार ढल्ने खालका वक्तव्यबाजीले मिडिया रङ्गिने र समाजमा ध्वनि प्रदूषण मात्रै बढ्ने काम गरेको बताएका छन । आज (सोमबार) बसेको प्रतिनिधि सभा बैठकको विशेष...

तीनकुने घटनामा संलग्न रहेको आरोपमा थप एक पक्राउ

२०८२ वैशाख २२ गते १८:०१

काठमाण्डू, २२ वैशाख– गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादी प्रदर्शनमा हिंसात्मक घटनामा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खेमराज सेढाईं नाम गरेको व्यक्ति रहेको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसएसपी विश्व अधिकारीले जानकारी दिएका छन ।...

फेवातालमा फसेका ८ जनाको उद्धार

२०८२ वैशाख २२ गते १७:५४

काठमाण्डू, २२ वैशाख– हावाहुरीसहित परेको पानीका कारण फेवातालमा फसेका ८ जनाको उद्धार गरीएको छ । ड‌ुंगा चढेर फेवाताल सयरमा गएका बेला एक्कासी हावाहुरीसहित पानी परेपछि उनीहरु केहीबेर त्यहीँ फेसेका थिए । एउटा डुंगा तालमै पल्टिएको थियो । त्यसमा सवार भरपुरका रेशम थापा र विजय...

जादु चलाएर सरकार बनाउने पक्षमा छैनौंः प्रचण्ड

२०८२ वैशाख २२ गते १७:३८

काठमाण्डू, २२ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अहिले आफूहरूको ध्यान सरकार बनाउनेतर्फ आफ्नो ध्यान नभएको बताएका छन् । आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकपछि संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले आफ्नो...

फेवा तालको बीचमा फसे केही व्यक्ति, उद्दार हुँदै

२०८२ वैशाख २२ गते १७:०४

काठमाण्डू, २२ वैशाख– पोखराको फेवा तालमा डुंगा चलाएर कायकिङ (एक्लै बसेर तालमा डुंगाबाट गरिने यात्रा) गरिरहेका केही व्यक्तिहरू फेसेका छन । केहीबेरअघि तालको बीचमा पुगेर केही व्यक्तिहरू अलपत्र परेका हुन् । उनीहरूको अहिले उद्दार कार्य जारी छ । अकस्मात् मौसम बिग्रिएपछि केही व्यक्ति तालको...

जगतगुरु रामभद्राचार्य जनकपुरमा

२०८२ वैशाख २२ गते १६:१८

काठमाण्डू, २२ वैशाख– भारतको तुल्सी पीठाधीश्वर जगतगुरु रामभद्राचार्य जनकपुरमा आइपुगेका छन । जानकी मन्दिरको निमन्त्रणमा उनी जानकी नवमीमा सहभागी हुन सोमबार जनकपुर आएका हुन् । नेपाल–भारतको भिठामोड नाकामा स्वागत गरेर जनकपुर ल्याइएका उनले जानकी मन्दिरमा पूजाअर्चना समेत गरेका छन । सोमबार नै उनले जानकी...

एमालेसँग पालिकासम्मै संयन्त्र बनाउने काम गलत छः शेखर कोइराला

२०८२ वैशाख २२ गते १५:५१

काठमाण्डू, २२ वैशाख– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले एमालेसँग भएको सात बुँदेको कार्यान्वयनमा चुकेको दाबी गरेका छन । आज (सोमबार) संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै कांग्रेस नेता कोइरालाले यस्तो बताएका हुन । उनले भने, ‘सात बुँदे सम्झौतामा...

द्वन्द्वपीडितसँग देउवाले भनेः पीडित प्रतिनिधित्वको जिम्मा म लिन्छु

२०८२ वैशाख २२ गते १५:३९

काठमाण्डू, २२ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाल संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पीडितको प्रतिनिधित्व सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । संक्रमणकालीन न्यायसम्बन्धी काम गर्ने दुई आयोगका पदाधिकारीहरूका लागि प्रकाशित ३४ जनाको संक्षिप्त सूचीमा पीडितका प्रतिनिधिहरूको नाम नअटाएपछि द्वन्द्वपीडितका विभिन्न संस्थाका...

नीति तथा कार्यक्रम कर्मकाण्डी बन्यो, सच्याइयोस्ः प्रचण्ड

२०८२ वैशाख २२ गते १५:३३

काठमाण्डू, २२ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रमलाई औपचारिक र कर्मकाण्डी मात्रै बनाएको दाबी गरेका छन । यही जेठ १९ गते राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्दै माओवादी अध्यक्ष प्रचण्डले नीति तथा...

दुई तिहाइ अहंकारको बेलुन फुटिसक्योः प्रचण्ड

२०८२ वैशाख २२ गते १५:३०

काठमाण्डू, २२ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाइ सरकारको बेलुन फुटिसकेको दाबी गरेका छन । आज (सोमबार) आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा संसद्बाट प्रचण्डले यस्तो बताएका हुन् । अध्यक्ष प्रचण्डले भने, ‘एक...

ईपीएस शाखामा धर्ना दिन पुगेका युवामाथि लाठीचार्ज

२०८२ वैशाख २२ गते १५:२३

काठमाण्डू, २२ वैशाख– प्रहरीले ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखामा धर्ना दिन पुगेका युवामाथि लाठीचार्ज गरेको छ । कोरिया जान पाउनु पर्ने माग राखेर धर्ना दिन ग्वार्को पुगेका युवामाथि प्रहरीले लाठीचार्ज गरेको धर्नामा सहभागी एक युवकले जानकारी दिएका छन । सो...

४० वर्षकी तिलमाया कक्षा ८ मा भर्ना

२०८२ वैशाख २२ गते १३:२४

काठमाण्डू, २२ वैशाख– गोरखाको गण्डकी गाउँपालिका–२ दलभञ्जयाङकी ४० वर्षीया तिलमाया थापामगर कक्षा ८ मा भर्ना भएकी छन । उनी वडा नम्बर ६ मा रहेको तोमनडाँडा माविमा कक्षा ८ मा भर्ना भएकी हुन । तिलमाया कक्षा ८ मा भर्ना भएपछि गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिनाले विद्यालयमै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us