प्रधानमन्त्रीको १२ लाख चोर्ने लक्ष्मण ढकाल !

काठमाण्डु टुडे २०७१ असोज ४ गते ८:२९ मा प्रकाशित

काठमाण्डु, ४ असोज– प्रधानमन्त्री सुशील कोइरालाको बेडरुमबाट १२ लाख रुपैयाँ चोरी भएको समाचार आएपछि हल्लीखल्ली नै मच्चियो ।

laxman dhakal
प्रधानमन्त्रीको पैसा चोर्ने हैसियतको व्यक्ति को होला ? धेरैले अनुमान गरे कि सुरक्षाकर्मी वा उनका नजिकैका पारिवारिक सदस्यबाट त्यस्तो काम भयो । तर, कोइराला परिवारले सुशीलका पूर्वस्वकीयसचिव लक्ष्मण ढकालमाथि पैसा चोरेको आरोप लगाएको छ । प्रधानमन्त्रीकी अवैतनिक जनसम्पर्क सल्लाहकार मृदुला कोइरालाले सुशीललाई पैसा ढकालले नै चोरेको भन्नेमा आश्वस्त तुल्याएकी छन् ।

‘प्रधानमन्त्रीको पैसा लक्ष्मण ढकालले चोरेको चर्चा चल्ने गरेको छ’, प्रधानमन्त्रीनिकट काँग्रेसका एक नेताले भने, ‘मृदुला कोइरालाले सुशीललाई पैसा ढकालले नै चोरेको हो भन्नेमा विश्वास दिलाएकी छन् ।’
मृदुलासँगको टक्करकै कारण प्रधानमन्त्री कोइरालाले २० साउनमा ढकाललाई स्वकीय सचिवबाट हटाएका थिए । ढकाले आफैंले ‘कोइराला परिवारको सदस्य हुन नसक्नु आफ्नो अयोग्यता’ भएको टिप्पणी गरेका थिए । प्रधानमन्त्री कोइरालाको महाराजगञ्जस्थित निवासबाट गत जेठ दाश्रो साता १२ लाख चोरी भएको थियो । ढकाल कोइराला प्रधानमन्त्री बन्नुा अघिदेखिकै सहयोगी थिए ।
तीनथान मोबाइल मात्रै सम्पत्ति रहेको सार्वजनिक गरेकाले  रकम चोरीको विषय बाहिर आउँदा राम्रो सन्देश नजाने भन्दै कोइरालाले घटना गोप्य नै राखेका छन् ।
प्रधानमन्त्री निर्वाचित भएपछि कोइरालाले मन्त्रिपरिषद्मा बुझाएको सम्पत्ति विवरणमा आफूसित तीनथान मोबाइल मात्रै रहेको उल्लेख थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us