माओवादीको निशाना विद्यालयमाथि

काठमाण्डु टुडे २०७१ असोज ३ गते १२:५३ मा प्रकाशित

काठमाण्डु, ३ असोज – नेकपा–माओवादीको भातृसङगठन अखिल ९क्रान्तिकारी० ले ललितपुरको माइलस्टोन स्कुलमा शुक्रबार तोडफोड गरेको छ। आफूले आयोजना गरेको शैक्षिक हड्तालको अवज्ञा गरेको भन्दै सो समूहले आक्रमण गरेको क्रान्तिकारीले बताएको छ ।

maoist-flagबिहान करिब ९ बजेतिर आएको विद्यार्थी समूहले विद्यालय हाताभित्र प्रवेश गरी केही तोडफोड गर्नुका साथै एक कम्प्युटर र एक टेलिफोन सेट फुटाएको माइलस्टोनका अध्यक्ष डा। विजय पौडेलले बताए। विद्यार्थीले बिनासूचना विद्यालयमा प्रवेश गरी त्यस्तो तोडफोड गरेको उनले बताए। यसबाट कलेजमा करिब एक लाखबराबरको क्षति भएको बताइएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us