माथिल्लो कर्णाली भारतीय कम्पनीलाई दिइयो

काठमाण्डु टुडे २०७१ असोज ३ गते ९:४९ मा प्रकाशित

काठमाण्डु, ३ असोज – भारतीय कम्पनी जीएमआरसंग माथिल्लो कर्णालीमा शुक्रबार परियोजना विकास सम्झौता (पीडिए) भएको छ ।

electricityनेपालका तर्फबाट लगानी बोर्डका प्रमुख कार्यकारी र जीएमआरका तर्फबाट उर्जा सम्बन्धी उपाध्यक्षले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

बिजुली निकाल्नको लागि जीएमआरले सम्पूर्ण लगानी जुटाउने छ भने विजुली भारतलाई बेच्ने छ ।

नेपालले उक्त परियोजनाको २७ प्रतिशत निशुल्क शेयर र १२ प्रतिशत निशुल्क बिजुली प्राप्त गर्ने छ । साथै कार्य सम्पन्न भएर विजुली उत्पादन हुन थालेको २५ बर्षपछि परियोजना नेपाललाई हस्तान्तरण गर्नु पर्ने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us