एजेन्सी– कटल्याण्डका बहुमत जनता संयुक्त अधिराज्यकै पक्षमा उभिएका छन् ।
स्कटल्याण्ड छुट्टै राज्य हुने कि संयुक्त अधिराज्यमै भनी गरिएको जनमत संग्रहको जारी मतपरिणाको पछिल्लो परिणामले यस्तो देखिएको हो । करिब ५५ प्रतिशत जनताले स्वतन्त्रता अस्वीकार गरेका छन् ।
अहिलेसम्मको परिणामका आधारमा स्वतन्त्र राज्य हुँदै भन्ने पक्षले जितेको बीबीसीले जनाएको छ । स्वतन्त्रता हुँदैन भन्ने पक्षमा १७ लाख ३७ हजारले मतदान गरेका छन् । यस्तै पक्षमा १३ लाख ९८ हजार मत खसेको छ ।
यसैबीच स्कटिस नेशनल पार्टीकी नेतृ निकोला स्टर्जीनले झिनो मतको अन्तरले पछि पर्दा आफू निराशा भएको प्रतिक्रिया दिएकी छन् ।
३२ वटै क्षेत्रको परिणाम आएपछि अन्तिम नतिजा सार्वजनिक हुनेछ ।