होटलमा जबरजस्ती बन्धक बनाउनेहरु पक्राउ

काठमाण्डु टुडे २०७१ असोज २ गते १२:५६ मा प्रकाशित

रुपन्देही, २ असोज – होटलमा बस्दै आएका व्यक्तिहरुलाई बन्धक बनाउने कार्यमा संलग्न सिद्धार्थनगर–७ बस्ने ३७ बर्षीय दिपक तामाङसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सिद्धार्थनगर नगरपालिका–१३ स्थित होटल लाकौलमा बस्दै आएका दोलखा सुष्माक्षमावती–१ घर भई काठमाण्डु कपन–३ बस्ने ४६ बर्षीय रामराज शिवाकोटी र मकवानपुर फाखेल–८ घर भई काठमाण्डु –१५ बस्ने ४४ बर्षीय श्याम सुन्दर नगरकोटीलाई उनीहरुले बन्धक बनाई राखेका थिए ।

सो घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले बिहिबार बन्धक बनाइएका दुवै जनालाई बा.१२ च ३२३ नम्वरको जिपमा जवरजस्ती राख्न खोजीरहेको अवस्थामा फेला पारी सकुशल उद्धार गर्नुका साथै अभियुक्तहरुलाई नियन्त्रणमा लिएको थियो ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us