भक्तपुर, २ असोज – मध्यपुर ठिमी नगरपालिका–७ बाख्राबजार बस्ने सिन्धुपाल्चोक घर भएका २५ बर्षीय जीवन श्रेष्ठलाई प्रहरीले पेस्तोल १ थान, सोको म्याग्जीन १ थान र गोली ५ राउण्ड सहित पक्राउ गरेको छ ।
उनलाई बा४५प ७७७६ नम्वरको मोटरसाइकललाई बुधबार मध्यपुर ठिमी नगरपालिका–७ राईटोलमा महानगरीय अपराध शाखा भक्तपुर र महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा मोटरसाइकलको सिट मुनी लुकाई राखेको अवस्थामा मेड इन इटाली लेखेको उक्त पेस्तोल, म्याग्जीन र गोली बरामद भएको थियो ।
प्रहरीले उनले हाँकेको उक्त मोटरसाइकलसमेत नियन्त्रणमा लिएर यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।