
नुवाकोट, २ असोज – नुवाकोटमा पहिलो पटक हुन लागेको नुवाकोट दशै महोत्सव आउँदोे आइतबारबाट त्रिशूलीमा सञ्चालन हुने भएको छ । महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजक त्रिशूली युथ स्पोर्टस् क्लबले जनाएको छ ।
‘विविध साँस्कृतिक मनोरञ्जनात्मक सस्तो सुलभ बजार’ भन्ने नाराको साथ सञ्चालन हुन लागेको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिका प्रवक्ता निरोज खड्गीले बताए । ‘महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । नुवाकोटको व्यापारिक र सांस्कृतिक महोत्सवको रुपमा दशै महोत्सवलाई बनाउँदै छौं’ प्रवक्ता खड्गीले भने ।
नजिकिदो दशैलाई ध्यानमा राखेर जिल्लाको पुरानो बजार त्रिशूलीमा नुवाकोट दशैं महोत्सव असोज ५ देखी १२ गते सम्म सञ्चालन हुने छ ।
महोत्सवबाट आम्दानी भएको रकम सामाजिक क्षेत्रमा लगाइने समेत आयोजकले जनाएको छ ।
नेपालीहरुको महानचाड दशैमा आवश्यक पर्ने दैनिकी सामानहरु सर्वसाधारणलाई सर्वसुलभ किसिमले उपलव्ध गराउने महोत्सवको मुख्य लक्ष्य रहेको मुल आयोजक समितीका अध्यक्ष राजु श्रेष्ठले बताए ।
दशैको अवसरमा गाउँगाउँवाट आउने सर्वसाधारणले एकै स्थानवाट सस्तो र झन्झट रहित तरिकाले महोत्सववाट सामान पाउन सक्ने महोत्सवको समितिले जनाएको छ ।