रारामा मन्त्रिपरिषद् बैठक

काठमाण्डु टुडे २०७१ असोज २ गते २:३८ मा प्रकाशित

मुगु, २ असोज– पर्यटकीय स्थल रारामा आगामी वैशाख दोस्रो साताभित्र मन्त्रिपरिषद् बैठक हुने भएको छ ।
रारामा लोलुफेरा अर्थात लुम्बिनी फेवा र रारा पर्यटन पदमार्ग अभियानमा सहभागी भएका प्रधानमन्त्रीका सल्लाहकार विजय पन्त, पर्यटन तथा संस्कृति मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठ लगायतले क्याविनेट बैठकको प्रतिबद्धता जनाएका हुन् ।
त्यसैगरी ट्रेकिङ एसोसिएसन अफ नेपाल टानका अध्यक्ष रमेश धमला, नेपाल माउन्टेन एसोसिएसनका महासचिव ठाकुरराज पाण्डे, पर्यटन व्यवसायी अग्नि कँडेल लगायतले पर्यटन प्रर्वद्धनका लागि रारामा मन्त्रिपरिषद् बैठक राख्न पहल गरिने जनाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us