काठमाण्डु, १ असोज – अर्थमन्त्री रामशरण महतले आफ्नो मन्त्रालयका विभिन्न महाशाखाका सहसचिवमा हेरफेर ल्याएका छन् ।
अर्थमन्त्री महतले चाहेअनुसारको निर्णय गर्न गार्हो भएपछि आफ्नो पक्षका सहसचिवलाई महत्वपूर्ण मन्त्रालयमा सारेका हुन् ।
हेरफेरमा पर्नेमा प्रशासन महाशाखा प्रमुख शिशीरकुमार ढुङगानालाई नीति विश्लेषण महाशाखामा सारेर डील्ली सिवाकोटीलाई ल्याएका छन् । त्यस्तै
वित्तिय व्यवस्थापन महाशाखाका कृष्ण देवकोटालाई अनुगमन तथा मुल्याङकनमा सारेका छन् । देवकोटाको ठाउँमा नवराज भण्डारीलाई तानेका छन् ।
वैदेशिक महाशाखा प्रमुख मधु मरासीनी र बजेट महाशाखाका प्रमुख वैकुण्ठ अर्याललाई भने चलाएका छैनन् ।
एक अधिकारीका अनुसार महाशाखा परिवर्तन गरिएका प्रमुख सबै बामपन्थी निकट मानिन्छन् । साथै जहाँको त्यही रहेका प्रमुखहरु काँग्रेस निकट मानिदै आएका छन् ।
ती महाशाखाका उपसचिवहरुको पनि राजनीतिक आस्थाका आभारमा सरुवा गरेको बुझिएको छ ।