लावतीले कब्जा गरे कमल थापाको पार्टी कार्यालय

काठमाण्डु टुडे २०७१ असोज १ गते ९:३२ मा प्रकाशित

काठमाण्डु, १ असोज – कमल थापाविरुद्ध समानान्तर कमिटी बनाउँदै आएको राप्रपा नेपालको पद्मसुन्दर लावती पक्षले दुई जिल्ला कार्यालय कब्जा गरेर आफ्नो सम्पर्क कार्यालय बनाएका छन् ।

Rppn.jpgत्यसरी कब्जा गरिएका दुई कार्यालयहरु लावतीको गृह जिल्ला पाँचथर र ताप्लेजुङ रहेका छन् ।

करिब ४० जिल्लामा सम्पर्क कार्यालय खोलिसकेको दाबी गर्दै आएको राप्रपा नेपालका विद्रोही पक्षका नेता सगुन लावतीले पाँचथर र ताप्लेजुङमा हाम्रो बर्चश्व रहेकाले पार्टी कार्यालय खोल्न आवश्यक नरहेको प्रष्ट पारेका छन् ।

साथै लावती पक्षले असोज ३ र ४ गते राजधानीमा गर्ने भनेको राष्ट्रिय कार्यकर्ता भेला दशैंमा घर फर्कन टिकट नपाउने भएपछि स्थगित भएको छ । स्थगित गरिएको भेला मंसिर ५ र ६ गते गर्ने राप्रपा नेपाल सुदृढीकरण अभियानले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us