उदयपुर, १ असाेज – छात्रालाई यौन दुर्व्यवहार गरेकेा आरोपमा उदयपुर त्रियुगा नगरपालिका – १ बोक्से स्थित त्रियुगा लिटिल फ्लावर बोर्डिङ्ग स्कुलका एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।
२८ वर्षीय बिएस्सी शिक्षक बिद्याभूषण गुप्तालाई कक्षा ९ मा अध्यनरत छात्रालाई यौन दुर्व्यवहार गरेकेा आरोपमा पक्राउ गरिएको हो । पक्राउ परेका शिक्षक गुप्तालाई आजै अदालतबाट म्याद लिई जबरजस्ती करणी उद्योगमा मुद्दा चलाईएको प्रहरी नायव उपरिक्षक जयराज सापकोटाले वताए ।
शिक्षक गुप्ताले विद्यालयले शैक्षिक भ्रमण गएर घर फर्किने क्रमम छात्रालाई यौन दूव्यहार गरेकेा प्रहरी नायव उपरिक्षक सापकोटाले वताए ।
बिद्यालयले गत भदौ २१ गते सिराहाको लाहान स्थित आशो धामको अवलोकन भम्रणमा बिद्यार्थीलाई लगेको थियो । बिद्यालयबाट लाहानसम्म जादाँ स्कुलबाट गएकी ती छात्रा र्फकने क्रममा शिक्षक गुप्ताको मोटरसाईलमा घर फर्किएकी थिइन । घर र्फकने क्रममा शिक्षक गुप्ताले चुरे जंगल क्षेत्र, चुरे मन्दिर र सदरमुकाम गाईघाट स्थित राधकृष्ण मन्दिर नजिकैको झाडिमा पटक पटक छात्रालाई यौन दुर्व्यवहार गरेकेा पीडित छात्राले वताइन ।
पक्राउ परेका शिक्षक गुप्तालाई हिरासतमा राखि आवश्यक कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ ।