बोगटीको शोक प्रस्ताव पारित गर्न एमाओवादीले संसद चल्न दिने

काठमाण्डु टुडे २०७१ असोज १ गते ३:४५ मा प्रकाशित

काठमाण्डु, १ असोज– प्रमुख प्रतिपक्षी एकीकृत माओवादीसहित विपक्षी दलले आजको maoist flagव्यवस्थापिका–संसद बैठक अवरुद्ध नगर्ने भएका छन् ।
बैठकमा आफ्ना दिवंगत उपाध्यक्ष पोष्टबहादुर बोगटीको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेकाले अवरोध नगरिने एमाओवादी सभासद सन्तु दराईले जानकारी दिए ।

पूर्वमन्त्री र अघिल्लो संविधानसभामा एमाओवादी मुख्य सचेतक रहेका बोगटीको हृदयघात र मस्तिस्कघातका कारण सोमबार निधन भएको थियो ।
विपक्षीको अवरोधका कारण पटकपटक अवरुद्ध हुँदै आएको संसद बैठक संंविधानसभा भवन नयाँबानेश्वरमा साँझ ५ बजेका लागि बोलाइएको छ ।  तर विनियोजन विधेयकमाथिको छलफल भने हुन नदिने दराईले बताए ।
सत्तारुढ काँग्रेस–एमालेले उच्चस्तरीय राजनीतिक समिति गठनसहित प्रमुख दलबीच भएको चार बुँदे सहमति कार्यान्यवयन नगरेको भन्दै प्रतिपक्षी दलले पटकपटक संसद् बैठक अवरुद्ध गर्दै आएका छन् ।

विपक्षीको अवरोधका कारण विनियोजन विधेयकमाथिको छलफल प्रभावित हुँदै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us