बाटो ढुकेर यात्रु लुट्ने तीन पक्राउ

काठमाण्डु टुडे २०७१ असोज १ गते २:४६ मा प्रकाशित

इटहरी, १ असोज– इलाका प्रहरी कार्यालय गौशालाले लुटपाटमा संलग्न तीन जनालाई parkauहतियारसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महोत्तरी औरही–४ का २२ वर्षीय अजयकुमार कर्ण, औरही–६ का वर्ष १८ वर्षीय अभिषेक कुमार महरा र श्रीपुर–२क का १९ का रमेशकुमार दास छन् ।

इलाका प्रहरी कार्यालय गौशालाका निरीक्षक रमेश सुवेदीका अनुसार मरहा खोला किनारमा बाटो छेकेर मोटरसाइकलमा सवार तीन यात्रुको साथबाट नगद र मोबाइल फोन लेटेका थिए ।

घटनाबारे थाहा पाउनेबित्तिकै गएको प्रहरी टोलीले गौशाला नगरपालिका–४, नवराजपुरबाट पक्राउ गरिएको उनले बताए ।
लुटेराहरुको साथबाट प्रहरीले एक थान नलकटुवा पेस्तोल १ थान, गोली चारवटा मोबाइल सेट र खुकुरी  बरामद गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us