प्रहरी मुख्यालयले नगर्ने भो रमेश खरेललाई कारबाही

काठमाण्डु टुडे २०७१ असोज १ गते २:१३ मा प्रकाशित

काठमाण्डु, १ असोज– संगठनको नीति र पदीय आचरणविपरीत अभिब्यक्ति दिएको ramesh Kharelआरोपमा छानबिनमा तानिएका एसएसपी रमेश खरेलमाथिको कारबाही प्रक्रिया स्थगित भएको छ ।
तत्कालिन डीआईजी विज्ञानराज शर्मा (हाल एआईजी) नेतृत्वको छानबिन समितिले खरेललाई कारबाहीको सिफारिस गरे पनि हेडक्वाटरले रोकेको छ ।

कारबाही गर्दा एसएसपी खरेलको आगामी करिअरमा ठूलो धक्का लाग्न सक्ने भएकाले आईजीपी उपेन्द्रकान्त अर्यालले कारबाही प्रक्रिया स्थगित गरेको श्रोतले बतायो । प्रहरी संगठनभित्र खरेल भावी आईजीपीका रुपमा हेरिएका अधिकृत हुन् ।

हालको नियमावली अनुसार २८ बैशाख ०७४ पछि उनकै ब्याचबाट आईजीपी छानिनेछ । त्यसबेला खरेलसँगै एसएसपी सर्वेन्द्र खनाल, राजेन्द्रमान श्रेष्ठलगायत प्रतिष्पर्धी हुनेछन् ।

गृह मन्त्रालयले सोमवार खरेललाई क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुरमा सरुवा गरेको छ । उनी विभागका कार्यरत थिए ।

काठमाण्डु प्रहरी प्रमुख रहेक बेला गत ११ जेठमा नेपाल प्रहरी क्लबमा आयोजित एक कार्यक्रममा खरेलले भाषण गर्दै ‘एआईजी बढुवामा ब्रिफकेसको चलखेल भइरहेको’ बताएका थिए । कार्यक्रममा उपस्थित परराष्ट्रमन्त्री महेन्द्रहादुर पाण्डेसित उनले ब्रिफकेस बोक्नेहरुलाई बढुवा नगर्न आग्रह गरेका थिए । त्यसबेला विवादका कारण एआईजी बढुवा लम्बिएको थियो ।
नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us