जाजरकोट, १ असोज–खलंगा, २ स्याँलाका २८ वर्षीय तिलक सुनारले योजनावद्ध ढंगले एक युवती प्रयोग गरेर फर्जी बलात्कार घटनामा आफन्तलाइ नै फसाउन खोजेको आरोप लगाएका छन् ।
ती युवतीले तिलकविरुद्ध जाहेरी दिएपछि उनले अनाहकमा प्रहरी खोरमा ३ रात बिताउनुपरेको छ ।
तिलक भने न्यायका लागि अधिकारकर्मी गुहारिरहेका छन् । रुकुम–१ खलंगाकी १८ वर्षीया युवतीले उनीविरुद्ध जवर्जस्ती करणीको झुटो जाहेरी दिएकी छन् ।
अर्को पक्षबाट १ लाख हात पार्ने प्रलोभनमा तिलकले बलात्कार गरेको भन्दै झुटो जाहेरी दिएकी थिइन् ।
खलंगा– २ स्याँला स्थायी ठेगाना भई रुकुमको खलंगा–१ मा ‘जाजरकोटी रविन ज्वेलर्स’ सञ्चालन गर्दै आएका रविन सुनार दम्पत्तिको मिलेमतोमा फसाउने योजना बनाएको तिलकको आरोप छ ।
उनीहरुले तिलकलाई जबर्जस्ती करणी मुद्दा लगाएमा ती युवतीलाई १ लाख दिने सर्तमा जारजरकोट पुर्याएको खुलासा भएको छ । उनीहरुको योजना भने विफल भएको छ । ती युवती भदौ १९ गते योजनाअनुसार १५ हजार नगद र ५ हजार मूल्यको सुनको टप पेस्की लिएर नेपालगञ्ज पुगेकी थिइन् ।
कान्तिपुर दैनिकबाट