सांसदले नै पाएनन् दसैंमा घर जाने टिकट

काठमाण्डु टुडे २०७१ असोज १ गते १:३२ मा प्रकाशित

काठमाण्डु, १ असोज–सभासदहरुले दसैंका घर जान बसको टिकट नपाएको बताएका छन् । व्यवस्थापिका संसदको विकास समितिमा मंगलबार उनीहरुले दसैंका लागि घरजाने टिकट सर्वसाधारण मात्र हैन, आफूहरुले समेत नपाएको बताए ।

सभासद गुरु बुर्लाकोटीले लामो दुरी मात्र होइन छोटो दुरीका लागि पनि टिकट नपाएको भन्दै गुनासो गरे ।उनी धादिङका सभासद हुन् । यसैगरी भक्तबहादुर विश्वकर्माले घरजानका लागि टिकट मिलाईदिन मोवाइलमा ५०० सम्म म्यासेज आउने गरेका बताए ।
झापाका सभासद विश्वकर्माले समितिका सभापति रवीन्द्र अधिकारीलाई टिकट मिलाईदिन अनुरोध गरे । यसैगरी कल्पना सोवले पनि दसैंमा घर जाने व्यवस्था मिलाईनदिन सभापतिलाई अनुरोध गरिन ।

उनी डोटीकी सभासद् हुन् । सभासद्हरुको गुनासोपछि चाडपर्वलाई दृष्टिगत गर्दै व्यवस्थापिका संसद्को विकास समितिअन्तर्गतको क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापन उपसमितिले यात्रुका लागि सहज रुपमा टिकटको व्यवस्था र यात्रुको पीरमर्का सुन्न सरोकारवाला निकायालई निर्देशन दिएका छन् ।

अन्नपूर्ण पोष्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us