गाेठालाे गएकाे माैका छाेपेर बलात्कार गर्ने पक्राउ

काठमाण्डु टुडे २०७१ भदौ ३१ गते ११:२१ मा प्रकाशित

खाेटाङ , ३१ भदाै – स्थानीय १३ वर्षीया एक बालिकालाई मंगलबार बिहान जबर्जस्ती करणी गरेको आरोपमा दिक्तेल नगरपालिका – २ का ६५ वर्षीय श्यामप्रसाद आचार्य पक्राउ परेका हुन् ।

बालिका बलात्कृत भएपछि आफन्तले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको खोटाङका प्रहरी नायब उपरीक्षक विनोदराज खरेलले बताए । उनले भने- पीडित बालिकाले दिएको उजुरीका आधारमा पक्राउ गरिएका आचार्यलाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।’

भैँसीलाई घाँस हाल्न गोठ जाँदै गर्दा उनले बाटो छेकेर आफूलाई जबर्जस्ती बलात्कार गरेको पीडित बालिकाको भनाइ छ । उनी भन्छन् -‘बिहानै भैँसीलाई घाँस हाल्न गएको थिएँ, कोही नभएको मौका छोपेर जबर्जस्ती गरे ।”

बलात्कृत बालिकाको जिल्ला अस्पताल खोटाङमा सामान्य उपचारपछि आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us