काठमाण्डु, ३१ भदौ – कानुनमन्त्री नरहरि आर्चायले अब फेरि गोलमेच सम्मेलन नहुने बताएका छन् ।
वैद्य माओवादीले सम्मेलन बहिष्कार गरेपछि स्थगित भएको राजनीतिक सम्मेलन पुन: नहुने आचार्यले पत्रकारसँग कुरा गर्दै संकेत गरेका हुन् ।
आज हुने तय भएको सो सम्मेलनमा ३३ दलीय मोर्चा नआउनेभएपछि ऐतिहासिक मौका गुमेको आर्चायले दावी गरेका छन् । कानुनमन्त्री आचार्यले भने, ‘प्रधानमन्त्रीले वैद्यसँग टेलिफोन वार्ता गरेलगतै उनीहरुले नआउने संकेत दिएपछि हामीले सम्मेलन स्थगित गर्न बाध्य भएका हौ । ’
सर्वदलीय सम्मेलनमा भएको छलफलको प्रतिवेदन बनाएर प्रधानमन्त्रीमार्फत संविधानसभा अध्यक्षलाई दिने र सम्वन्धित समितिमा पठाएर छलफल गराउने सरकारको तयारी रहेको उनले बताए ।
अब फेरि गोलमेच सम्मेलन हुन्छ कि हुँदैन भन्ने प्रश्नमा मन्त्री आचार्यले भने- ‘यस्तो सम्मेलनका बारेमा भन्न सकिने कुनै आधार छैन ।’
कानुनमन्त्री आचार्यले अब संविधानसभाले आफ्नो प्रक्रिया अनुसार काम अघि बढाउने र कार्यतालिका अनुसार जनताको राय सुझाव लिने बताए ।