वैद्य माओवादी नजाने भएपछि राजनीतिक सम्मेलन स्थगित

काठमाण्डु टुडे २०७१ भदौ ३१ गते ३:४२ मा प्रकाशित

काठमाण्डु, ३१ भदौ– आफ्नै मागअनुसार मंगलबारबाट हुने भनिएको सर्वपक्षीय राजनीतिक सम्मेलनमा मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी सहभागी नहुने भएपछि स्थगित भएकाे छ । mohan baidhya

सम्मेलनअघि शान्ति प्रक्रियासँग सम्बन्धित विषयमा लिखित समझदारी आफ्नो सर्त काँग्रेस–एमालेले अस्वीकार गरेपछि नेकपा–माओवादीको सम्ेमलनमा भाग नलिने बताएको हो ।

प्रमुख तीन दल काँग्रेस, एमाले र एमाओवादीका शीर्ष नेतासँग प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान भएको छलफलमा नेकपा–माओवादीले शान्ति प्रक्रियाका केही विषयमा पहिल्यै लिखित सहमति हुनुपर्ने सर्त राखेको हो ।

नेकपा–माओवादीका सचिव देव गुरुङले काँग्रेस–एमाले राजनीतिक निकासबारे गम्भीर नरहेको र आफूहरुलाई अल्मल्याउन मात्र राजनीतिक सभाका लागि तयार भएको आरोप लगाए । ‘ठूला दल राजनीतिक निकासका लागि गम्भीर देखिएनन्, गुरुङले भने, ‘हामीलाई अल्मल्याउन मात्र राजनीतिकसभा गर्नो हो भने मान्य छैन ।’
भावी संविधानका अन्तरवस्तुमा संविधानसभाभित्र र बाहिर रहेका दलबीच आज बिहान नौ बजे राष्ट्रिय राजनीतिक सम्मेलन हुने भनिएको थियो ।

यसैबीच वैद्य नेतृत्वको मोर्चा आवछ साना दलका नेता भने सभामा सहभागी हुन बिहानै नयाँबानेश्वरस्थित संविधानसभा भवन पुगेका छन् । सम्मेलनमा संविधानसभाका ३० र माओवादीसहित बाहिर का १८ दलका प्रतिनिधि सहभागी हुने बताइएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us