बागलुङ, ३१ भदौ– श्रीमतीलाई बञ्चरो प्रहार गरी हत्या प्रयास गरेका श्रीमानले झुण्डिएर आत्महत्या गरेका छन् ।
बोवाङ–९ का नमसिंह विकले श्रीमती लीलालाई बन्चरो हानेर हत्या प्रयास गरेका हुन् । शनिबार साँझ भएको अन्तिम असफल प्रयासपछि आफू भने पासो लगाएर घरैमा झुन्डिएका थिए ।
ढोरपाटन चौकीका प्रहरी पुग्दा लीला घाइते अवस्थामा र श्रीमान मरिसकेका थिए ।