काठमाण्डु, ३० भदौ– नेपाली काँग्रेस केन्द्रीय समितिको कार्यकाल एक वर्ष थपिएको छ ।
सोमबार बसेको केन्द्रीय समिति बैठकले निर्धारित समयभित्रै महाधिवेशन गर्न नसकेपछि आफ्नै कार्यकाल एक वर्षका लागि थपेको हो ।
केन्द्रीय समितिसँगै म्याद सकिएका स्थानीय निकायको पनि स्वत: म्याद थपिएको प्रवक्ता दिलेन्द्रप्रसाद बडुले जानकारी दिए । बैठकमा प्रधानमन्त्री एवम् सभापति सुशील कोइरालाले केन्द्रीय कार्यसमितिको म्याद थपसम्बन्धी प्रस्ताव गरेका थिए ।
बैठकमा केही सदस्यले भने चार वर्षे कार्यकाल सकिएपछि महाधिवेशन गराउनुको साटो म्याद थप गरिएको भन्दै आपत्ति जनाएका थिए । उनीहरुले केन्द्रीय समितिमा छलफलै नगरी पदाधिकारी बसेर निर्णय गर्ने गरेको भन्दै आपत्ति जनाए ।