सासु र जेठानीले घरबाट निकाले गर्भवतीलाई

काठमाण्डु टुडे २०७१ भदौ ३० गते १३:१० मा प्रकाशित

राैतहट, ३० भदाै –  एक गर्भवती सहित २ महिलालाई सासु र जेठानीले यातना दिदै घरबाट निकालेका  छन् । यातनाबाट सामान्य घाइते गर्भवती महिलाको गौर अस्पतालमा उपचार भएको छ । पीडित महिलाले न्याय माग्दै सोमबार जिल्ला प्रहरीमा उजुरी दिएकी छन् ।

रौतहटको फतुवा महेशपुर-२ मा शेख अब्दुलकी २ वटी श्रीमतीलाई उनका आमा, भाउजु, बहिनी र भाइले मिलेर आइतवार राति निर्घात कुटपिट गरी घर निकाला गरेका हुन । शेखका २२ वर्षीया श्रीमती सबिला खातुन र २० बर्षीया कान्छि श्रीमती रहाना खातुन महिला अधिकारकर्मीको सहयोगमा पुनस्थापनको लागि प्रहरी शरणमा पुगेकी हुन । रहना गर्भवती छिन् ।

यातनाले उनको स्वास्थ्य अवस्था बिगि्रएको महिला अधिकारकर्मी किरण ठाकुरले बताईन । उनले दुबैलाई गाउँमा बस्ने वातावरण मिलाउने प्रयास भएको बताइन । सासु नजरा खातुन, जेठानी नेहरा खातुन, अन्जुम खातुन, नन्द सेहरुल खातुन र देवर शेख समिरले योजनाबद्ध तरिकाले यातना दिएर घर निकाला गरेको भन्दै पीडित दुबै महिलाले प्रहरी समक्ष बताएकी छिन ।  श्रीमानले झगडा मिलाउने प्रयास गरे पनि नसकेको उनीहरुले बताएकी छन् ।

डिएसपी भीम ढकालले घट्नबारे अनुसन्धान भइरहेको बताए । उनले घर निकाला गर्ने परिवारका सदस्यहरुलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको जनाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us