पेरिसडाँडामा रुवाबासी

काठमाण्डु टुडे २०७१ भदौ ३० गते ४:५३ मा प्रकाशित

काठमाण्डु, ३० भदौ– एकीकृत माओवादी उपाध्यक्ष पोष्टबहादुर बाेगटीको निधनपछि पार्टीका नेता कार्यकर्तामा रुवाबासी चलेको छ ।

बोगटीप्रति अन्तिम श्रद्धाञ्जली दिन कोटेश्वर पेरिसडाँडा पुगेका अधिकांश नेता कार्यकर्ताका आँखा रसाएका थिए । कार्यकर्ता मात्र होइन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित अधिकांश नेता बोगटीको निधनमा रोएका छन् ।

अध्यक्ष प्रचण्डले लाजिम्पाटस्थित निवासमा  बिहान बोगटीको निधनको खबर पाएलगत्तै आँसु झारेका थिए ।

बोगटीलाई एमाओवादीभित्र निष्ठावान, सरल र मध्यमार्गी नेताका रुपमा चिनिन्थ्यो । एकैपटक हृदयघात र मस्तिस्कघात भएका उनको उपचारका क्रममा सोमबार बिहान नार्भिक अस्पतालमा निधन भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us