काठमाण्डु, ३० भदौ– एकीकृत माओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले उपाध्यक्ष पोष्बटहादुर बोगटीको निधनप्रति दु:ख व्यक्त गरेका छन् ।

भट्टराईले बोगटीप्रति श्रद्धाञ्जलीका साथै परिवारमा समवेदना व्यक्त गरेका छन् । ‘ ‘सहयोद्धा क. पोष्टबहादुर बोगटीको आज बिहान दु:खद निधन भएको छ’, उनले ट्वीटरमा लेखेका छन्, ‘ उहाँप्रति हार्दिक श्रद्धासुमन र परिवारजनमा समवेदना, अन्तिम लालसलाम क.दिवाकर !’