काठमाण्डु, ३० भदौ– प्रधानमन्त्री सुशील कोइराला एकीकृत माओवादी मुख्यालय कोटेश्वर पेरिसडाँडा पुगेका छन् ।
एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीप्रति श्रद्धाञ्जली अर्पण गर्न कोइराला पेरिसडाँडा पुगेका हुन् । हृदयघात र मस्तिष्कघात एकैपटक भएका बोगटीको आज बिहान उपचारका क्रममा नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
बोगटीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ ।