काठमाण्डु, ३० भदौ– एकीकृत माओवादीले आफ्ना उपाध्यक्ष पोष्टबहादुर बोगटीको राष्ट्रिय सम्मानका अन्त्येष्टि गर्ने वातावरण मिलाउन
सरकारसँग माग गरेको छ ।
नेता अग्नि सापकोटाले बोगटीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टिका लागि सरकारलाई आग्रह गरिने बताए । बोगटीको निधनबारे नर्भिक अस्पताल परिसरमा सञ्चारकर्मीलाई जानकारी दिँदै उनले कोटेश्वर पेरिसडाँडामा बस्ने पार्टी केन्द्रीय समितिको आकस्मिक बैठकले बोगटीप्रति श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रिय सम्मान दिन सरकारलाई आग्रह गरिने बताए ।
हृदयघात र पक्षघात एकैपटक भएका पूर्वमन्त्री बोगटीको उपचारका क्रममा आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको थियो ।