देश टुक्र्याउन खोज्ने को हुन् सीके राउत ?

काठमाण्डु टुडे २०७१ भदौ ३० गते २:१६ मा प्रकाशित

विराटनगर, ३० भदौ– ‘मधेस नेपालभित्र अटाउन नसक्ने र अलग्गै स्वतन्त्र देश हुने’ घोषणा गर्दै मधेसी युवालाई देशविरुद्ध भड्काउने अभियान ck rautचलाएका डा. चन्द्रकान्त ९सीके० राउत शनिबार साँझ मोरङबाट पक्राउ परे ।
तीन दिनअघि राउतले ‘स्वतन्त्र मधेस राष्ट्र’ का विषयमा विराटनगरस्थित रामजानकी मन्दिरमा खुला छलफल चलाएका थिए । कार्यक्रममा प्रवचन दिएका राउतले नेपालबाट अलग्गै ‘मधेस देश’ बनाएर स्वराज गर्ने आन्दोलनमा लाग्न युवाहरुलाई आह्वान गरेका थिए । उनलाई पक्राउ गर्न गृह मन्त्रालयमा भएका सुरुक्षा बैठकहरुमा पटकपटक छलफल भएका थिए ।
सप्तरी महादेवा–७ मा जन्मिएका राउत लामो समय अमेरिका बसेर फर्किएका व्यक्ति हुन् । उनले अमेरिकी सरकार मातहतको कम्पनीमा केही समय जागिर खाएका थिए । सामान्य परिवारका उनी देश टुक्राउने काममा लाखौं रकम खर्च गर्दै कसरी देश दौडाहा गर्दै छन् र युवालाई भड्काउन लागेका छन् भन्ने जानकारी सुरुक्षा निकायले पाउन सकेका छैनन् ।
गृह मन्त्रालयले उच्चस्रोतले भन्यो,‘ ‘उनको आर्थिक हैसियत पत्ता लाग्न सके कहाँबाट देश टुक्राउने अभियानको प्रेरणा प्राप्त भयो भन्ने सजिलै खुल्ने हुँदा यो खोजी गर्न सुरक्षा निकायलाई निर्देशन दिइएको छ ।’

उनी पटकपटक स्थलमार्ग हुँदै भारतका विभिन्न सहरमा जाने गरेको रिपोर्ट गृह मन्त्रालयमा छ । स्रोतले भन्यो, जयकृष्ण गोइत नेतृत्वको तराइको सशस्त्र समूहसँग उनको निकटता र मधेस अभियान चलाइरहेका पुर्वमन्त्री जयप्रकाश गुप्तासँग पटकपटकको वार्ताबारे मन्त्रालयमा जानकारी आएको छ ।’
काठमाडौं इन्जिनियरिङ पढेर क्याम्ब्रिज विश्वविद्यालयबाट पीएचडी गरेका राउत कम्प्युटर वैज्ञानिक पनि हुन् । उनी सन् २०११ मा अमेरिकाबाट नेपाल फर्किएका थिए । राउत अमेरिकामा दर्ता गरिएको गैरआवासीय मधेसी संघ र स्वतन्त्र मधेस गठबन्धन (एमआईएम) का केन्द्रीय संयोजक हुन् ।
अन्नपूर्ण पोष्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us