काँग्रेस सभासदले दोश्रो बिहे गरेपछि बल्खुमा खैलाबैला

काठमाण्डु टुडे २०७१ भदौ ३० गते १:५९ मा प्रकाशित

काठमाण्डु, ३० भदौ– कांग्रेस सभासद ओमदेवी मल्लले गुपचुप दोस्रो बिहे गरेपछि उनको पार्टीमा भन्दा सत्ता साझेदार नेकपा एमाले र सहकारी omdeviवृत्तमा खैलाबैला मच्चिएको छ ।
ओमदेवीले बिहे गरेको प्रसंगले बल्खुमा किन खैलाबैला मच्चियो त ? स्रोतका अनुसार ओमदेवीलाई हालै सम्पन्न राष्ट्रिय सहकारी संघको महिला उपाध्यक्ष बनाउन एमालेका केही नेताहरु लागेका थिए । ओमदेवीलाई कांग्रेसको कोटाबाट उपाध्यक्ष बनाइएको थियो ।

‘ओमदेवी सहकारी क्षेत्रलाई चाहिने मान्छे हो, अरु काँग्रेसभन्दा यीनै काम लाग्छिन्’ भन्दै केशव बडाललगायतका नेताले पार्टीभित्र लबिङ गरेको स्रोतले जनाएको छ । ओमदेवीले एक प्रहरी अधिकृतसँग गुपचुप दोस्रो बिहे गरेको खबर आएपछि एमालेका नेताहरुबीच उनको बारेमा बहसनै चलेको छ ।
एक जमघटमा अनुशासन आयोगका अध्यक्ष अमृत बोहराले पार्टीका नेता कार्यकर्ता तथा सभासदहरुबीच भनिहालेछन्, ‘अनि त्यो केशव बडालले त ओमदेवी साह्रै काइदाकी छिन्, उनैलाई उपाध्यक्ष बनाउनुपर्छ भन्थ्यो त, अहिले के भन्छ सोध्नु न ।’ बोहराले सोध्नु भने पनि बडाललाई त्यो प्रश्न सोध्ने कोही निस्किएन ।

हालै नवौं महाधिवेशनमा बोहरासँगै बडालले अनुशासन आयोगको अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए ।
ओमदेवीको बिहेको खबरसँगै राष्ट्रिय सहकारी बैंकमा पनि खैलाबैला मच्चिएको छ । ओमदेवीले बैंकबाट लिएको ५ करोड ऋण डुब्ने चिन्ता उनीहरुलाई छ ।
साँघु साप्ताहिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us