नेपाली कामदार इजरायल पठाउन वार्ता सुरु

काठमाण्डु टुडे २०७१ भदौ ३० गते १:३५ मा प्रकाशित

काठमाण्डु, ३० भदौ– इजरायलमा सरकारी तहबाट कामदार पठाउन मोडालिटी तयार गरिने भएको छ ।
त्यसका लागि दुईदेशबीच आइतबारदेखि काठमाण्डुमा वार्ता सुरु भएको छ । कामदार लिने विषयमा छलफल गर्न नेपाल आएका इजरायलका दुई सदस्यीय सरकारी अधिकारीसहित नेपालका  लागि इजरायली राजदूत सम्मिलित टोलीले श्रम राज्यमन्त्री टेकबहादुर गुरुङलगायत मन्त्रालयका उच्च अधिकारीसँग पनि भेटवार्ता गरेको छ ।
वार्ता सोमबार पनि जारी रहनेछ । इजरायलले विगत ४ वर्षदेखि कामदार लिएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us