काठमाण्डु, २९ भदौ – नवनियुक्त उद्योगमन्त्री महेश बस्नेतले अब मुलुकलाई ‘महेश बस्नेतमय’ बनाउन आग्रह गरेका छन् ।
आइतबारदेखि राजधानीमा जारी युवा संघ नेपालको विस्तारित बैठकलाई दोस्रो दिन सम्बोधन गर्दै नयाँ महेश बस्नेतहरु जन्माउन युवा संघका नेताहरुलाई आग्रह गरेका छन् ।
युवा संघका अध्यक्ष समेत रहेका बस्नेतले भने – ‘नयाँ महेश बस्नेत जन्माउने अभियानमा तपाईहरु लाग्नुपर्छ, नयाँ महेश बस्नेत जन्माउनुभएन भने फेरि म पनि लठ्ठी टेकुन्जेलसम्म मन्त्री हुनुपर्ने स्थिति हुन्छ ।’
बस्नेतले आफूमा जनमानसबाट आएका प्रतिक्रियालाई सच्चिने मौकाको रुपमा दिई आफ्ना कमजोरीहरुलाई सच्याएर अघि बढ्ने प्रतिवद्धतासमेत जनाएका छन् ।