काठमाण्डु, २९ भदौ– प्रधानमन्त्री सुशील काेइरालासँग संसदको सामाजिक न्याय तथा मानव अधिकारसमितिले मानव अधिकार आयोगमा पदाधिकारी नियुक्ति र सत्यनिरुपण तथा मेलमिलाप आयोग गठनमा भएको प्रगति विवरण मागेकाे छ ।
समितिको आइतबार बसेको बैठकले लामो समयदेखि रिक्त रहेको मानव अधिकार आयोगको पदाधिकारी नियुक्ती र संसदमा पुगेर अड्किएको आयोग गठनको प्रक्रियाबारे प्रधानमन्त्रीसँग जवाफ माग्ने निर्णय गरेको हो ।
आयोगले प्रधानमन्त्रीलाई बुधबार बस्ने समितिको बैठकमा उपस्थित हुन निर्देशन दिएको सभापति सुशीलकुमार कार्कीले बताए ।