रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार

काठमाण्डु टुडे २०८२ साउन २१ गते १३:३८ मा प्रकाशित

काठमाण्डू, २१ साउन– आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा पनि प्रतिपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुधवारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन ।

भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै रास्वपा र राप्रपाले प्रतिनिधि सभाको बैठक बहिष्कार गरेका हुन । सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख घिमिरेले रास्वपा सांसद मनिष झालाई बोल्न दिएका थिए ।

उनले भिजिट भिसा प्रकरणमा आफूहरूको माग अनुरूप छानबिन गर्न समिति नबनाइएकोले नबस्दासम्म विरोध गरिरहने बताए । त्यतिमात्र होइन, उनले मन्त्रिपरिषद्का सदस्यहरू विभिन्न काण्डमा मुछिएको भन्दै छानबिन गर्न माग गरे ।

त्यसपछि सभामुख घिमिरेले राप्रपाका सांसद रोशन कार्कीलाई बोल्ने समय दिए । उनले पनि सधैजस्तै भिजिट भिसा प्रकरणमा आफूहरूले उठाउँदै आएको माग बमोजिम समिति गठन नभएकाले नहुँदासम्म आफूहरूको विरोध जारी रहने बताइन् । दुवै दलका सांसदहरू बोलेपछि दुवै पार्टीका सांसदहरू सांसद बैठक कक्षबाट बाहिरिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us