खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु

काठमाण्डु टुडे २०८२ साउन २१ गते १३:१० मा प्रकाशित

काठमाण्डू, २१ साउन– झापामा खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका९४ जोरघरेकी ५४ वर्षीया चन्द्रमाया नेम्वाङ रहेको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ ।

प्रहरीका अनुसार घरदेखि करिब १० मिटर उत्तरमा रहेको मोटरबाट खेतमा मंगलबार पानी लगाउने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर नेम्वाङको घटनास्थलमै मृत्य भएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us