काठमाण्डू, २१ साउन– चितवनको माडी नगरपालिका–२ भैरवपुरमा खेती जोगाउन भन्दै छाडिएको करेन्ट लागेर दुलर्भ एकसिङे गैंडाको मृत्यु भएको छ ।
किसानले खेतमा करेन्ट छाडेको ठाँउमा गैंडा पुग्दा करेन्ट लागेर मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिएका छन । गैंडाको बारेमा थप विवरण खुल्न बाँकी छ ।
चालु आर्थिक वर्षमा मानवीय लापरबाहीका कारणले मृत्यु हुने यो नै पहिलो गैंडा हो । गत आर्थिक वर्ष २८ वटा गैंडा मृत फेला परेका थिए । तीमध्ये एक गैंडा करेन्ट लागेर मरेको थियो ।