भूपरिवेष्ठित राष्ट्रहरू बाध्यताले अलग हुनुपरेको होः प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८२ साउन २० गते १७:०९ मा प्रकाशित

काठमाण्डू, २० साउन– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्ठित राष्ट्रहरू बाध्यताले अलग हुनुपरेको तर्क गरेका छन ।

भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को साइड इभेन्टमा सहभागी हुने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । ‘भू–परिवेष्ठित राष्ट्रहरू विकल्पले होइन, बाध्यताले अलग छन्,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै उनका मुख्य सल्लाहकार विष्णु रिमालले भनेका छन् । उनले कनेक्टिभिटी नै न्याय भएको पनि सम्बोधनको क्रममा बताए ।

तटीय राष्ट्रहरूसँग यसको कुञ्जी रहेको भन्दै त्यसलाई खोल्नु कर्तव्य हुन आउने प्रधानमन्त्रीको भनाइ छ । ‘तटीय राष्ट्रहरूसँग यसको कुञ्जी छ । खोल्नु कर्तव्य हो, अनुग्रह होइन,’ प्रधानमन्त्रीले भनेका छन्, ‘अवरोधलाई नवप्रवर्तनमा बदलौं, यसलाई साझा समृद्धिको इन्जिन बनाऔं ।’

प्रधानमन्त्री ओली एलएलडिसी समूहको सम्मेलनमा सहभागी तुर्कमेनिस्तानको अवाजा सहरमा छन् । नेपाल एलएलडिसी समूहको अध्यक्ष मुलुक समेत हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us