म्याग्दीको गुर्जाखानी केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प

काठमाण्डु टुडे २०८२ साउन २० गते १४:०२ मा प्रकाशित

काठमाण्डू, २० साउन– आज (मंगलबार) म्याग्दीको गुर्जाखानीमा ४.५ म्याग्निच्युडको भूकम्प गएको छ ।

मंगलबार दिउँसो १ बजेर २ मिनेटमा गुर्जाखानी केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

यसअघि २०८१ साल चैत २१ गते जाजरकोट केन्द्रविन्दु बनाएर ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us