पहिरोले राप्ति राजमार्ग अवरुद्ध

काठमाण्डु टुडे २०८२ साउन २० गते ८:५१ मा प्रकाशित

सल्यान, २० साउन– वर्षासँगै सल्यानको कपुरकोट गाउँपालिका–३ मा मंगलबार बिहान पहिरो खस्दा राप्ति राजमार्गअन्तर्गत दाङ–सल्यान सडक खण्ड अवरूद्ध भएको छ ।

डिभिजन सडक कार्यालय दाङका प्रमुख इञ्जिनियर दिपेन्द्रबहादुर बिष्टले पहिरो पन्छाएर सडक सुचारु गराउने प्रयास भइरहेको बताए । उनका अनुसार वर्षात नरोकिएका कारण पहिरो पन्छाउन समस्या भएको छ ।

पहिरोले राजमार्ग अवरुद्ध हुँदै सडकका दुर्वतर्फ गन्तव्यमा हिंडेका सवारी साधनको लाइन लागेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us