काठमाण्डू, २० साउन–सशस्त्र प्रहरी बल (एपीएफ) का ६ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस भएको छ ।
बढुवा समितिको सोमबारको बैठकले ६ एसएसपीसहित ७७ अधिकृतको बढुवा सिफारिस गरेको हो ।
एसपीबाट एसएसपीमा बढवा सिफारिस हुनेमा ६, डिएसपीबाट एसपीमा २२, प्राविधिक एसपीमा एक र प्रहरी निरीक्षकबाट डीएसपीमा ४८ जनालाई बढुवा सिफारिस गरिएको छ ।
एसएसपी बढुवा सिफारिस हुनेमा ध्रुवबहादुर कार्की, जनक पुरी, यादव विश्वकर्मा, टोपबहादुर खनाल, अशोककुमार बम र वीरेन्द्रबहादुर ऐर छन् ।
यस्तै एसपी सिफारिस हुनेमा साधारणतर्फ नरदीपकुमार बस्नेत, रामकृष्ण महर्जन, श्याम रावत, वसन्तबहादुर सिंह, श्यामकुमार कार्की, गेहेन्द्रबहादुर भण्डारी, लक्ष्मण थापा मगर, भीमबहादुर विष्ट, नवराज बोहरा, सुरेश गैरे, कृष्णबहादुर विष्ट, अम्विकाप्रसाद जोशी, अमरबहादुर खत्री, विशाल सिलवाल, बासुदेव महत, भीमबहादुर चन्द, श्रीराम कुंवर, श्याममणि ढकाल र गोविन्दबहादुर खाती छन् ।
यस्तै यदुकुमार कार्की र देवबहादुर बोहरा, दिनेशकुमार बस्नेत र प्राविधिकतर्फ इन्जिनियर मनोज बखुन्छे श्रेष्ठ एसपी बढुवा सिफारिस भएका छन् ।