१२ कक्षाको नतिजा सार्वजनिक गर्नुअघि परीक्षा बोर्डको बैठक जारी

काठमाण्डु टुडे २०८२ साउन १९ गते १८:२८ मा प्रकाशित

काठमाण्डू, १९ साउन– कक्षा १२ को नतिजा सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक जारी छ । १२ कक्षाको नतिजा सार्वजनिक गर्नुअघि बोर्डको बैठक केहि बेर अधि सुुरु भएको हो ।

नतिजा सार्वजनिक गर्नुअघि आइतबार बोर्डले नतिजाको डेमो प्रदर्शन समेत गरेको थियो । बोर्डको क्यालेन्डर अनुसार १५ साउनभित्र १२ कक्षाको नतिजा सार्वजनि हुनुपर्ने हो ।

तर, गत २० चैतदेखि २९ दिन लामो शिक्षकहरूले आन्दोलन गरेका कारण नतिजा सार्वजनिकमा ढिलाइ भएको हो । गत ११ वैशाखका लागि तय भएको परीक्षा आन्दोलनका कारण २१ वैशाखदेखि भएको थियो । परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us