कक्षा १२ को नतिजा सार्वजनिक हुँदै

काठमाण्डु टुडे २०८२ साउन १९ गते १६:५९ मा प्रकाशित

काठमाण्डू, १९ साउन– राष्ट्रिय परिक्षा बोर्डले आज (सोमबार) कक्षा १२ को नतिजा सार्वजनिक गर्ने भएको छ । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले आजै कक्षा १२ नतिजा सनर्वजनिक गर्न लागेको जानकारी दिए ।

उनले त्यसका लागि बोर्ड बैठक बस्नेसहितको आवश्यक कार्य भइरहेको बताए । कक्षा १२ को परीक्षा वैशाख २१ देखि सञ्चालन गरिएको थियो ।

शर्माका अनुसार परीक्षामा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी तथा आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us