कक्षा १२ को नतिजा आज आउँदै, ५ बजे बोर्ड बैठक

काठमाण्डु टुडे २०८२ साउन १९ गते १४:२८ मा प्रकाशित

काठमाण्डू, १९ साउन– राष्ट्रिय परिक्षा बोर्डले यस बर्षको कक्षा १२ को नतिजा आज (सोमबार) सार्वजिनक गर्ने भएको छ । नतिजा सार्वजनिक गर्नका लागि आजै साँझ ५ बजेका लागि परीक्षा बोर्डको बैठक बस्दै छ । ‘हिजो डेमो गरिएको थियो ।

आज नतिजा सार्वजनिक गर्ने तयारी गरिएको हो,’ स्रोतले भन्यो । क्यालेन्डर अनुसार १५ साउनभित्र नतिजा सार्वजनि हुनुपर्ने हो । तर, गत २० चैतदेखि २९ दिन लामो शिक्षकहरूले आन्दोलन गरेका कारण नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो ।

गत ११ वैशाखका लागि तय भएको परीक्षा आन्दोलनका कारण २१ वैशाखदेखि भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us